जनता टाइम्स

४ जेष्ठ २०८२, आईतवार १२:०४

अनेमसंघ सिन्धुलीको अध्यक्षमा शान्ता पाख्रिन निर्वाचित 


काठमाडौं, ४ जेठ। अखिल नेपाल महिला संघ (अनेमसंघ) सिन्धुलीको अध्यक्षमा शान्ता पाख्रिन निर्वाचित हुनुभएको छ ।

स‌ंगठनकाे शनिबार भएको छैटौँ जिल्ला अधिवेशनबाट पाख्रिन सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो । अधिवेशनबाट उपाध्यक्षमा शान्ता राउत र तुलसा कार्की निर्वाचित हुनुभएको छ ।

त्यस्तै सचिवमा शारदा ढकाल निर्वाचित हुनुभएको छ भने सहसचिवमा गायत्री बराल र कोषाध्यक्षमा राजकुमारी स्याङतान निर्वाचित हुनुभएको छ ।