जनता टाइम्स

६ जेष्ठ २०८२, मंगलवार १३:०८

नागरिकलाई सूचना उपलब्ध गराउनु सरकारको दायित्व : गृहमन्त्री लेखक 


काठमाडौं, जेठ ६ । गृहमन्त्री रमेश लेखकले सुशासन स्थापनाका लागि पनि सूचनाको हक अति आवश्यक भएको बताउनुभएको छ ।

मन्त्रालय स्तरीय सूचना अधिकारीहरूसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सूचनाको हकले पारदर्शिता स्थापित गर्ने बताउनुभयो । ‘पारदर्शिता भएपछि सुशासनको सुनिश्चित हुन्छ, यदि पारदर्शिता छैन भने सुशासन हुँदैन र पारदर्शिताको लागि सूचनाको हक आवश्यक हुन्छ’, उहाँले भन्नुभयो । नागरिकलाई सूचना उपलब्ध गराउनु सरकारको दायित्व भएको लेखकले बताउनुभयो ।

‘सूचनाको हकलाई हामीले संविधानको मौलिक हकमा राखेका छौँ, लोकतान्त्रिक समाज, पद्धतिमा सूचनाको हकलाई जसरी व्यवस्थित गरिन्छ त्यही तरिकाले हामीले पनि व्यवस्थित गरेका छौ, प्रत्येक नागरिकलाई सूचना पाउने हक छ र सूचना सार्वजनिक सरोकारको विषय हो’, उहाँले भन्नुभयो ।

सूचनाको हक भन्ने बित्तिकै जे मागे त्यही दिन पर्छ भन्ने नभएको बताउँदै उहाँले  कतिपय गोप्य राख्नुपर्ने सूचना पनि हुने बताउनुभयो ।