जनता टाइम्स

६ जेष्ठ २०८२, मंगलवार २३:३३

नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठन वाग्मती प्रदेशको तेस्रो पूर्णबैठक सम्पन्न


काठमाडौं, ६ जेठ । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठन वाग्मती प्रदेशको तेस्रो पूर्णबैठक सम्पन्न भएको छ ।

संगठनका अध्यक्ष धर्मराज रिमालको अध्यक्षता र सहसचिव राज मैनालीको सञ्चालनमा बैठक भएको हो । नेपाल उद्योग तथा व्यवसायी महासंघको सभा हलमा भएको बैठक नेपाल उद्योग तथा व्यवसायी महासंघका अध्यक्ष भागिरथी सापकोटाकाे प्रमुख अतिथिमा सम्पन्न भएको हो ।

कार्यक्रममा सापकोटाले हरेक नेपालीलाई उद्यम र रोजगारीमा जोड्ने गरी काम गर्नु आजको आवश्यकता भएको बताउनुभयो । एक गाउँ १० उद्यमी को अवधारणा अन्तर्गत अघि बढ्नु पर्ने उहाँको सुझाव छ । त्यसरी एउटा उद्यमीले ३ जनालाई रोजगारी दिने हो भने वर्षमा २ लाख रोजगारी सिर्जना गर्न सकिने उहाँले बताउनुभयो ।
साना साना उद्योग सञ्चालन गर्दा पनि ३ जनालाई रोजगारी दिन सकिने उहाँले स्पष्ट पार्नुभयो । यसले मानिसको क्रय शक्ति बढ्ने र ग्रामीण बस्तीलाई गुलजार बनाउने सापकोटाको धारणा छ ।

बैठकमा नेपाल उद्योग व्यवसायी महासंघका महासचिव बालकृष्ण सिवाकोटी, संगठनका इञ्चार्ज डोलनाथ खनाल, संगठनका केन्द्रीय अध्यक्ष डेकनाथ गौतम, नेपाल उद्योग संघका अध्यक्ष खोमकान्त रेग्मी, संगठनका प्रथम उपाध्यक्ष, उपाध्यक्ष महासचिव, सचिव लगायत अतिथि हुनुहुन्थ्यो । बैठकले समसामयिक विषयमा विभिन्न छलफल गरी निर्णय गरेको संगठनका सहसचिव राज मैनालीले जानकारी दिनुभयो ।