काठमाडौं, १२ जेठ । कास्की जिल्ला अदालतले बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।कास्की जिल्ला अदालतले पोखरामा रहेको इमेज सहकारी ठगी अभियोगमा उनलाई थुनामा राख्न आदेश दिएको हो । सोमबार जिल्ला अदालत कास्कीका न्याायधीश हिमलाल बेलबासेको इजलासले उनलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । उनी जिल्ला कारागार बागलुङमा थुनामा थिए । त्यहाँबाट झिकाएर जिल्ला अदालत पोखराले सोमबार उनीसँग बयान लिएको थियो ।
ढोरपाटन नगरपालिकाका मेयर नेपालीलाई थुनामा पठाउन आदेश

प्रतिक्रिया दिनुहोस्