काठमाडौं, १३ जेठ । लोकसेवा आयोगले यही जेठ १५ गते काठमाडौंमा तय भएका परीक्षा स्थगित गरेको छ । जेठ १५ गते सरकारको नेतृत्वकर्ता दल नेकपा एमाले र राजावादीहरुले गर्न लागेको प्रदर्शनलाई लक्षित गरी लोकसेवा आयोगले परीक्षा तालिका संशोधन गरेको हो ।जेठ १५ गते नेपाल विद्युत प्राधिकरणका रिक्त पदहरुका लागि लोकसेवा आयोगले परीक्षा सञ्चालन गर्ने तालिका थियो ।परीक्षाका लागि झण्डै ५ हजार जनाले दरखास्त फारम भरेका छन् ।
प्रतिक्रिया दिनुहोस्