काठमाडौं, कात्तिक २०
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार देखिएको छ । यसअघि सातामा कम्तिमा पनि दुईदेखी तीन पटक डायलसिस गर्नुपर्ने बताइएपनि अस्पतालबाट आएदेखि अहिलेसम्म गर्नुपरेको छैन ।
जसका कारण उहाको स्वास्थ्यमा सोचे भन्दा निक्कै उल्लेख्य सुधार आएको चिकित्सकले जानकारी दिएका छन् । उहाको मृर्गौलाले पुन आफ्नो काम गर्न सुरु गरेको छ । जुन निक्कै सकरात्मक कुरा हो । यसअघि मृर्गौलाले काम नगरेको हो कि भन्ने शंका थियो । दुईपटकको डायलसिसपछि नै स्वास्थ्यमा सुधार भएपछि तेस्रोपटक गर्नुपरेको छैन ।
उपचारमा संलग्न चिकित्सकहरूले अहिले उहाको स्वास्थ्य अवस्था ठीक रहेको बताउनु भएको छ । ‘प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था स्थिर रहेकाले थप डायलसिस गरिएको छैन,’ प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिलीप शर्माले भन्नुभयो । उहाका अनुसार प्रधानमन्त्रीको थप उपचार पद्धति कस्तो हुने भन्ने पनि टुंगो लागिसकेको छैन । ‘थप उपचारका विषयमा हामीबीच विस्तृतमा छलफल भइरहेको छ,’ उहाले भन्नुभयो ।
प्रधानमन्त्री ओलीनिकट स्रोतले पनि तत्कालका लागि डायलसिस गर्दै अघि बढ्ने कुरा भएको जनाएको छ । १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या देखिएपछि प्रधानमन्त्री ओली गत साता उपचारका लागि धापासीस्थित ग्रान्डी अस्पताल जानु भएको थियो । गत बुधबार र बिहीबार दुईपटक डायलसिस गरेर उहा निवास फर्किनु भएको थियो । शुक्रबार दिनभर आराम गर्नुभएका प्रधानमन्त्री ओली शनिबारदेखि आफ्नो काम सक्रिय हुनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्