जनता टाइम्स

२७ बैशाख २०८२, शनिबार १९:३९

बुद्धको दर्शन भरपुर उपयोग गरौं : सञ्चारमन्त्री गुरुङ


काठमान्डौ, बैशाख २७ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले समाज रुपानतरणमा गौतम बुद्धको दर्शनको भरपुर उपयोग गर्न आवश्यक रहेको बताउनु भएको छ ।

सगरमाथा टेलिभिजन र सेतुबन्ध अध्ययन प्रतिष्ठानको संयुक्त आयोजनामा “सिद्धार्थ गौतमको मार्गदर्शन र सान्दरभिकता “ विषयमा शनिबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री गुरुङले गौतम बुद्धको प्रचार प्रसारबाट हाम्रो देशको विकासमा लाभ लिएन अझै पनि चुकिएको राख्नु भयो ।

उहाका अनुसार जसरि कन्फुसियस् थेउरीमार्फत विकसित भएको चिनिया समाजको मान्यता छ उसै गरि भारतमा आयुर्वेद दर्शनले परिचीत छ ।

नेपालमा गौतम बुद्धले दिएको अमुल्य ज्ञानको सदुपयोग हुनु पर्नेमा मन्री गुरुङले जोड दिनु भयो । त्यस्तै हिमालै हिमालको देशको महिमा अगाडि सारेर नेपालको सामाजिक र आर्थिक समृद्धि बलियो बनाउने तर्फ सबैको ध्यान जान जरुरी रहेको उहाले बताउनु भयो ।