काठमाडौं, १९ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जो सक्रिय छ, त्यसैको बढी आलोचना हुने बताउनुभएको छ ।
पोखरेलले काम नै नगर्नेको आलोचना नै नहुने बताउनुभएको छ । ‘कसको आलोचना बढी हुन्छ ? जो सक्रिय छ’, पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।
जसको उज्यालो भविष्य हुन्छ त्यसै माथि सबै मिलेर घेराबन्दी गर्न पनि बताउनुभएको छ । त्यसैले घेराबन्दी र आलोचनबाट भयभीत भएर होइन उत्साहका साथ अघि बढ्न पोखरेलले पार्टीका नेता कार्यकर्तालाई आह्वान गर्नुभएको छ । ‘कसका विरुद्ध घेराबन्दी हुन्छ ? जसको उज्यालो भविष्य छ, तसर्थ आलोचना र घेराबन्दीबाट भयभीत नबनौँ’, उहाँले लेख्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्