जनता टाइम्स

२० जेष्ठ २०८२, मंगलवार ०७:०९

स्वास्थ्यकर्मी महासंघको अध्यक्षमा डा. सन्तोष पौडेल, भीमराज महासचिव बन्दा यस्तो छानियो ९९ सदस्यीय केन्द्रीय समिति (सूचीसहित)


काठमाडौं, जेठ २० । नेकपा एमालेनिकट स्वस्थ्यकर्मीहरुको संगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको अध्यक्षमा डा. सन्तोष पौडेल चुनिनुभएको छ ।

सोमवार राती महासंघको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट डा पौडेल अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो । पौडेल यसअघिको कार्यसमितिमा महासचिव हुनुहुन्थ्यो । यसैगरी महाधिवेशनले उपाध्यक्षमा अमृता बराल र रामहरि ढकाललाई सर्वसम्मत चयन गरेको छ । महासचिव पदमा भीमराज सिंह चयन हुनुभएको छ । सिंह यसअघि उपाध्यक्ष हुनुहुन्थ्यो ।

यसैगरी उपमहासचिवमा खगराज पोखरेल, सचिवमा चन्द्र सुनार, रुपा केसी, हरेन्द्र यादव र अनुप केसी चयन हुनुभएको छ । पदाधिकारीमा धेरै जना आकांक्षी रहेपनि आपसी छलफलपछि नौ सदस्यीय पदाधिकारीमा सहमति जुटेको अध्यक्ष मण्डलले जनाएको छ ।

९९ सदस्यीय केन्द्रीय कार्यसमितिमा सबै पदमा सहमतिको आधारमा चयन भएको स्वास्थ्यकर्मी महासंघका इञ्चार्ज नेकपा एमाले स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।  महासंघको महाधिवेशन शनिवारबाट सुरु भएको थियो । महाधिवेशनको उदघाटन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको थियो ।