काठमाडौं, ४ असार । गत जेठ २७ गतेदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ ।
आज बजार खुल्दा मंगलबारको तुलनामा सुन तोलामा ९०० रुपैयाँ र चाँदी ६५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल एक लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको छ भने एक तोला चाँदी दुई हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्