जनता टाइम्स

४ असार २०८२, बुधबार १७:००

बालुवाटारमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबिच छलफल


काठमाडौं, ५ असार । समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच बालुवाटारमा भेटवार्ता भइरहेको छ ।

जारी छलफलमा प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गर्दै आएको अवरोध, संसद्को गतिरोध अन्त्य गर्ने उपाय र समसामयिक अन्य विषयहरूबारे कुराकानी भइरहेको बताइएको छ ।

यसअघि प्रमुख तीन दल नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरूबिच संयुक्त छलफलको तयारी भए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपत्यका बाहिर रहेका कारण प्रधानमन्त्री ओली र सभापति देउवाबिच मात्र छलफल सुरु भएको हो ।