बाजुरा, असार २ । नेकपा एमालेकी नेतृ शान्ता चौधरी यतिबेला आधा महिनादेखि बाजुरामा हुनुहुन्छ । बिगत केही समयदेखि शान्ताको अचार निर्माणमा जुटनुभएकी चौधरी पार्टी काममा भन्दा पनि महिला दिदीबहिनीलाई सीप सिकाएर उद्यमशीलताकालागि प्रात्साहित गर्न बाजुरामा रहनुभएको हो ।
देशलाई समृद्ध बनाउन सबैले उद्यमशिलतामा जोडिनु पर्ने निश्कर्षका साथ चौधरीले अभियान चलाउनु भएको छ बाजुरामा । उद्यम र उत्पादन विनाको समृद्धि संभव नभएको भन्दै चौधरीले सुरुवातआफैबाट गर्नु पर्नेमा मान्यताअनुसार आफू अघि बढेको बताउँदै आउनु भएको छ ।
यही क्रममा चौधरीले बाजुरामा दश दिने अचार तथा मस्यौरा र गुन्द्रुक उत्पादन तालिम सञ्चालन गर्नुभएको छ । सो तालिम सोमवार सकिएको छ । तालिम समापन समारोहमा बोल्दै चौधरीले समृद्धि पनि खोज्ने उद्यमशिलताका लागि संघर्षपनि नगर्ने कुरा दन्तबजान मात्रै भएको बताउनु भयो । ‘हामीलाई समृद्धि पनि चाहिएको छ, खुसी पनि खोजिएका छौं, धेरै आम्दानी होस, भन्ने चाहना पनि छ, तर संर्घष छैन, यसो भए संभव छैन,’ चौधरीले भन्नुभयो ।
अचार उद्यमीसमेत रहनुभएकी चौधरी दश दिनदेखि बाजुरामै हुनुहुन्छ । महिलालाई अचार तालिमको प्रशिक्षण दिन बाजुरा आउनुभएको प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा सामाजिक सञ्जाल विभाग प्रमुख कृष्ण ओलीले बताउनु भयो । ‘सुरुमा त केही गर्ने इच्छाशक्ति चाहियो, सोच बनाउनु पर्यो, अनि सीप आर्जनमा लगानी गर्न सक्नु पर्यो, त्यसपछि मात्रै उद्यम विकास हुने र आम्दानी गर्न सकिने चौधरीको मान्यता छ ।
काम कोही नगर्ने, उत्पादनमा कसैको ध्यान नै नहुने, तर देशको समृद्धिको सपना देख्ने, आफ्नो आम्दानी बढोस् भन्ने चाहना तर काम र उद्यम केही नगर्ने उनले भनिन्, त्यो दिपा सपना हो, कहिल्यै पुरा हुदैन । प्रत्येक घर र परिवार उत्पादनसँग जोडिनु पर्छ भन्ने चौधरीको सुझाव छ । उहाँले २ वर्षदेखि अचार उद्यम सञ्चालन गर्दै आउनुभएको छ । शान्ताले देश बाहिर पनि वर्षेनी लाखौंको अचार निर्यात गर्ने गर्नुभएको छ ।
तालिम समापनको अवसरमा दिदीबहिनीहरुलाई आग्रह गर्दै शान्ताले भन्नुभयो, ‘राज्यलाई केही दिएन पनि सीप सिकाएको छ, सीप सिक्नका लागि लगानी गरेको छ, फेरि पनि सरकारलाई नै दोष, यो कुरा बाजुराका अचार तालिम लिएका दिदीबहिनीहरुसँग सुन्न नपरोस ।’ आफ्नो राजनीतिक काम छोडेर, महिला उद्यमी बढाउनकै लागि बाजुरा आएको पनि उहाँले बताउनु भएको छ । ‘१५ दिन बित्यो, १० दिन म तालिम दिनमै बिताए, तर पनि यो मेहनतबाट केही उपलब्धी भएन भने, त्यो भन्दा दुखद अरु केही हुदैन, बडीमालिका नगरपालिकाले महिलाकै जीवनस्तर उठान गरेको लगानीको पनि प्रतिफल आउनु पर्छ,’ चौधरीले भन्नुभयो ।
समृद्ध नेपाल, सुखी नेपालीको नारा यस्तै उद्यम र उत्पादनले मात्रै संभव हुने ठोकुवा पनि उहाँले गर्नुभयो । ‘महिलाहरु अब स्मार्ट हुनु पर्छ, पहिरन, बोली, अडान र उत्पादन सबैमा महिलाले गर्न सक्छन भन्ने पार्नुपर्छ, त्यो सीप र इच्छाशक्तिबाट हुने हो, तपाईंहरुले सीप सिक्नु भो, अब अचार र अचारका लागि आवश्यक कच्चा पदार्थ बाजुराबाटै लिन पाउनुपर्छ,’ तालिममा सहभागीहरूलाई चौधरीले भन्नुभयो ।
आफू कमलहरी हुँदा पाएको दुःख र हण्डरको संर्घष सुनाउँदा र १० दिने तालिमपछि काठमाडौं फर्किन्छु भन्दा सहभागी ६० जनामध्ये अधिकांशले आँशु खसाएका थिए । मेरो आउने हप्ताबाट स्नातक तेस्रो वर्षको परीक्षा छ, अचार उद्योगको व्यवस्थापनको काम पनि छ । राजनीतिक काम पनि गर्नै पर्ने छ । आज हामी छुटिन्छौं, तपाईलेहरुले उत्पादन गरेको कच्चा पदार्थ र अचार लिन आउँछु, शान्ताले भन्नुभयो ।
उहाँले थप्नुभयो, ‘यो तालिम ठूलो उद्यम विकासका लागि प्रर्याप्त होइन, तपाईहरु काठमाडौं आउनु, म निशुल्क मेरै कम्पनीमा तालिम सिकाउँछु, गाडी भाडा नगरपालिकासँग माग्नुहोला, तर देश समृद्ध बनाउने जिम्मेवारीको सहयोगी तपाईहरु पनि बन्नु पर्छ ।’ व्यस्त समयका बीच पनि देश बनाउन सपना बोकेका हामीहरुले उद्यमशिलतामा जोड दिनुपर्छ र महिला उद्यमी बढाउनु पर्छ, भन्ने सोचसहित आफू बाजुरा आएको पनि शान्ताले बताउनु भयो ।
नगर प्रमुख अमर खड्काले संघर्षबाट स्थापित मान्छेले गरेको काम र सिकेको सीपलाई तपाईहरुलाई सिकाउन र प्रेरणाको श्रोतका रुपमा आकर्षण बढाउन अति व्यस्त माछेलाई नै बोलाएर तालिम गराएको र यसको उपलब्धी जरुर हुनुपर्ने बताउनु भयो । सहभागीले पनि उद्यम गर्ने प्रतिवद्धता जनाएका छन । कार्यक्रममा नगर प्रमुख अमर खड्का, उपप्रमुख नन्दाकुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत पदम माझीसहित वडाअध्यक्षहरु सहभागी हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्