काठमाडौं, असार ९ । संघीय सरकारले आगामी आर्थिक बर्षका लागि प्रस्तुत गरेको बजेटमाथिको मनलयतग छलफलमा सांसदहरुको उपस्थिति अत्यन्तै लज्जाजनक देखिएको छ ।
प्रतिपक्षी सांसद फोटो र भिडियो खिचाएर चर्चामा आउन जे जस्तो हर्कत पनि गर्ने गरिरहेको बेला सत्तारुढ दलकै सांसदसमेत भत्ता पचाउन हाजिर गरेर टाप कसेपछि सोमवारको प्रतिनिधिसभाको बैठककै बोल बन्यो । सभामुख देवराज घिमिरेले बिपक्षी नारावाजी र अवरोधबीच सुचारु गर्नुभएको बैठकमा बिपक्ष सांसदहरु बहिस्कार गरेर हिडे ।
प्रमुख प्रतिपक्षी माओवादी आफ्नो पालोमा बोल्ने समय कुनै लबितिर लागे भने सत्तारुढ सांसद पनि बैठकमा देखिएनन । एकाध अनुहार मात्र बैठक कक्षमा देखियो ।
यतिबेला संसदमा बजेटमाथि छलफल भइरहेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी न बिरोध, न समर्थनको नीतिअनुसार बसेको छ । उस्को सांसद पनि बैठकमा कमै रहेका छन ।
प्रतिपक्षी दलमध्येको रास्वपा र राप्रपा भिजिट भिसा प्रकरणको नाममा नारावाजीपछि बहिष्कारतिर लागेका छन । स्वतन्त्र सांसद जे मुखमा आयो त्यही बोलिरहेका छन । बोलिसकेपछि उनीहरु पनि लापत्ता हुने गरेको छन ।
सत्ता पक्षका सांसदहरु बिपक्षीभन्दा खतरनाक रुपमा प्रस्तुत हुने तर बोलिसकेपछ सुइकुच्चा ठोक्ने काम गरिरहेका हुन । सोही कारण सोमबारको बैठकमा त एक तिहाइ सांसद पनि सहभागी भएको देखिएनन ।
जेठ १३ गतेदेखि रास्वपाले अवरुद्ध गर्दै आएको बैठक असार ९ गते अर्थात सम्म आइपुग्दा सांसदले भरिभराउ हुनुपर्ने कुर्ची अधिकांश रित्ता थिए । आइतवारको बैठकमा बजेटबिरुद्ध बोलेर भाइरल बनेका कान्छाराम तामाङदेखि सूर्य थापासम्मको अनुहार सोमवारको बैठकमा देखिएन । सत्तापक्षीय सांसदहरु पनि यसरी हाजिर गरेर टाप कसेपछि बैठक कक्षको दुर्दसा नै भयो । संसदको दृष्य देखेर स्वयं सांसदहरु नै लज्जित हुनुपरेको टिप्पणी गरे ।
प्रतिक्रिया दिनुहोस्