काठमाडौं, १० असार । कतारमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सतर्क रहन आग्रह गरेको छ । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डामा हिजो हवाई हमला गरेपछि दूतावासले नेपाली नागरिकलाई सतर्क भएर बस्न भनेको हो ।
शान्त भएर बस्न र कतार सरकारको आधिकारिक सूचना र निर्देशन पालना गर्न दूतावासको आग्रह छ । अमेरिकी सैन्य अड्डामा इरानले हवाई हमला गरेपछि कतारमा रहेका नेपाली त्रासमा छन् । कतारमा झन्डै साढे तीन लाख नेपाली कार्यरत छन् ।
प्रतिक्रिया दिनुहोस्