काठमाडौं, असार २४ । चीनतर्फबाट आएको बाढीले रसुवामा क्षति पुर्याएको बेला प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल र नेपाल प्रहरीका प्रमुख डीएसपी हेम शाही काठमाडौंमा रहेको पाइएको छ ।
गृह मन्त्रालयले आयोजना गरेको बागमती प्रदेश स्तरीय सुरक्षा गोष्ठीका लागि उहाँहरु काठमाडौं आउनु भएको हो । गृह स्रोतका अनुसार राति बाढीको खबर आएलगत्तै प्रमुख जिल्ला अधिकारी र डीएसपीलाई जिल्लातर्फ जान सहजीकरण गरिएको छ ।
नेपाली सेनाको हेलिकप्टरमार्फत उहाँहरुलाई रसुवा पठाइएको छ । तर बिहान उडेको हेलिकप्टर रसुवामा अवतरण गर्न नसकेर नुवाकोटमा अवतरण गरेको छ । गएराति आएको बाढीले नेपाल–चीन मितेरी पुल, भन्सारसहितका स्थानमा क्षति गरेको छ ।
सुख्खा बन्दरगाहका ७ वटा इभी गाडी समेत बगेको छ । रसुवागढी हाइड्रोपावरको ड्याम र क्याम्पमा पनि क्षति पुगेको छ । अहिले प्रभावित स्थानमा खोज तथा उद्धार कार्य जारी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्