जनता टाइम्स

२३ भाद्र २०८२, सोमबार २१:५३

ओएनएफले भन्यो : रक्तपात र हिंसा कहिल्यै पनि समस्याको समाधान बन्न सक्दैन, शान्ति र धैर्य कायम गरौं


काठमाडौं, भदौ २३ । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तराष्ट्रिय कमिटीले जेनजी पुस्ताको प्रदर्शनमा निकै पीडादायी र दुःखद घटना भएको भन्दै गम्भीर चिन्ता जनाएको छ ।

ओएनएफ अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा र सचिव हेम शेर्पाले बिज्ञप्ति जारी गर्दै रक्तपात र हिंसा कहिल्यै पनि समस्याको समाधान बन्न नसक्ने पनि प्रष्ट पार्नुभएको छ ।

‘रक्तपात र हिंसा कहिल्यै पनि समस्याको समाधान बन्न सक्दैन । शान्ति, धैर्य र आपसी बिश्वास नै दिगो समाधानको आधार हो भन्ने हाम्रो गहिरो बिश्वास छ । आजै बसेको मन्त्रिपरिषदको बैठकले उक्त घटनाको छानविन गर्न समिति बनाएकोमा धन्यवाद ज्ञापन गर्दै दोषीमाथि कडा कारवाहीको माग गर्दैछौं,’ बिज्ञप्तिमा भनिएको छ ।

ओएनएफले दोषीमाथि कडा कारवाहीको माग गरेको छ । राजधानी इटहरीमा आज भएको प्रदर्शनको क्रममा प्हरीले चलाएको गोली लागेर १९ जनाको मृत्यू भएको छ भने एक सयभन्दा बढी घाइते भएको छन । मञ्चले बार्ता र सम्वादबाट समस्याको शीघ्र समाधान गर्न पनि आग्रह गरेको छ ।