काठमाडौं, मंसिर ४ । उद्योग मन्त्री मातृका यादव र कृषि मन्त्री चक्रपाणि खनालले आफूहरु मन्त्रीबाट हटने जानकारी दिनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठकमै मन्त्रिपरिषद पुनर्गठन गर्ने जानकारी दिएलगत्तै उद्योगमन्त्री यादव र कृषिमन्त्री खनालले आफूहरु मन्त्रीबाट बाहिरिने निश्चित भएको जानकारी दिनुभएको हो ।
दुवै मन्त्रीले दिएको जानकारीअनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन हुन लागेको र नयाँ मन्त्रिमण्डलमा खनाल र यादव नपर्ने जानकारी गराउनु भएको हो । ‘मन्त्रिपरिषद पुनर्गठन हुँदा म र मातृका यादव हटने कन्फर्म हो, केही समयदेखि कुरा मिलिरहेको थिएन,’ प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठनको गृहकार्यबारे जानकारी गराएको भोलिपल्ट आज सञ्चारमाध्यममा कृषिमन्त्री खनालले भन्नुभयो । यस्तो उद्योगमन्त्री यादवले पनि आफू हटने जानकारी पाइसकेको पुष्टि गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्