जनता टाइम्स

५ मंसिर २०७६, बिहीबार १४:३०

नवनियुक्त मन्त्रीलाई बधाइ दिएर पैदल यात्रामै बाहिरिए निवर्तमान श्रममन्त्री गोकर्ण बिष्ट


काठमाडौं, मंसिर ५

मन्त्रीमण्डल पुनर्गठन पश्चात् श्रममन्त्रीबाट बाहिरिएका गोर्कण विष्ट ट्याक्सी चढेर निवास लाग्नुभएको छ । विष्ट मन्त्रालयमा भएको विदाइ कार्यक्रमपछि ट्याक्सी मार्फत् बाहिरिनुभएको थियो । मन्त्रालयबाट सिंहदरबार दक्षिण गेटसम्म पैदल मार्फत आएर भाडाको ट्याक्सी मार्फत निवास तिर लाग्नुभएको हो ।

त्यस्तै उहाँले दक्षिण गेटसम्म आइपुग्दा शुभेच्छुकहरूलाई हात हल्लाउँदै विदाइ हुँदै हिड्नुभएको थियो ।