जनता टाइम्स

१ जेष्ठ २०८२, बिहीबार १९:०४

मन्थली माविका पूर्वविद्यार्थीद्वारा दुई बिरामीको उपचारमा आर्थिक सहयोग 


रामेछाप । रामेछापको श्री महेन्द्रोदय उमावि मन्थली (हालको मन्थली मावि) को २०५५ सालका एसएलसीका विद्यार्थीले दुई जना बिरामीकाे उपचारका लागि आर्थिक सहयाेग गरेका छन् । उनीहरुले दुई बालबालिकाकाे उपचारका लागि सहयाेग गरेका हुन् ।

विद्यार्थीले हिर्शस्प्रुङ्ग रोगबाट ग्रसित ३ वर्षीय बालकको उपचारका लागि आर्थिक सहयोग गरेका छन् । मन्थली–१ सानीमदौ सापमारेका प्रशान्त भुजेलको उपचारका पूर्वविद्यार्थीहरुले १९ हजार ५ सय रुपैँया प्रदान गरेका छन् ।  सो ब्याचका विद्यार्थीहरूको संयोजक तीर्थ सुवेदीले बिहीबार बिरामीका बुबा राजु भुजेललाई सो रकम हस्तान्तरण गर्नुभएको हो ।

बिरामीको स्वास्थ्य लाभको कामना गर्दै उपचारमा सहयोग पुगोस् भनि सो रकम प्रदान गरेको सुवेदीले बताउनुभयो ।

सोही ब्याचका विद्यार्थीले क्यान्सर रोगबाट ग्रसित ५ वर्षीय बालिकाको उपचारका लागि पनि बिहीबार आर्थिक सहयोग गर्नुभएको छ ।

मन्थली–२ टेकानपुरकी ५ वर्षीय अनु श्रेष्ठको उपचारका लागि पूर्वविद्यार्थीहरुले १७ हजार ५ यस रुपैँया सहयोग गरेका छन् ।

सहयोग रकम मन्थली बजारमा बिरामीका आफन्त चन्द्रबहादुर श्रेष्ठलाई हस्तान्तरण गरिएको संयोजक सुवेदीले जानकारी दिनुभयो । सो ब्याचका विद्यार्थीहरूले निरन्तर रूपमा यस्तो सामाजिक काम गर्दै आएको पूर्वविद्यार्थी कुमार खत्रीले जानकारी दिनुभयो ।