जनता टाइम्स

१३ मंसिर २०७६, शुक्रबार ०८:२७

विवेकशील दलका उमेदवार वलीको पसलमा बम बिस्फोट


काठमाडौं, मंसिर १३ ।  घोराही उपमहानगरपालिका–१६ का विवेकशील नेपाली दलका उमेदवार समीर वलीको चिया घरमा बम विस्फोट भएको छ । विवेकशील नेपाली दलले जानकारी दिएअनुसार गएराति बम विस्फोट भएको र चिसा पसलमा क्षति पुगेको छ ।

घोराही उपमहानगरपालिकाको १६ नम्बर वडामा शनिबार उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनको मौन अवधिको दोस्रो दिन बम विस्फोट भएको घटना खेदजनक भएको विवेकशीलले जनाएको छ । दोषीमाथि कडा कारवाहीको माग राख्दै उमेदवारको सुरक्षामा विशेष ध्यान दिन सरकारलाई अनुरोध पनि गरिएको छ । विवेकशीलले दलको मान्यता नपाइसकेकाले पार्टीले स्वतन्त्र उमेदवारी दिएका वलीलाई सघाउने निर्णय गरेको थियो ।