जनता टाइम्स

३ जेष्ठ २०८२, शनिबार ०९:२५

नेपाल आइन् भारतीय अभिनेत्री नोरा फतेही


काठमाडौँ । भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही नेपाल आएकी छिन् । शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’ को सहयोगार्थ आयोजना हुने च्यारिटी कार्यक्रममा सहभागी हुन उनी नेपाल आएकी हुन् ।

कार्यक्रममा उनले आफ्ना चर्चित गीतमा नृत्य प्रस्तुत गर्नेछिन् । नेपाली कलाकार दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र भ्वाइस अफ नेपाल सिजन ६ का टप फाइनलिष्ट इन्द्रकला राई, रोशन राई, अर्पणा आचार्य, प्रमेश राई, प्रशेस पाण्डेलगायतले प्रस्तुति दिने आयोजक तथा इभेन्ट म्यानेजर मनिष कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार उनी वसन्तपुर, पशुपतिलगायत सम्पदाको पनि भ्रमण गर्नेछिन् । बौद्धस्थित हायातमा आयोजना हुने कार्यक्रमका लागि उनीसँग २० बढी नृत्याङ्गना पनि सहभागी हुनेछन् । अभिनेत्री फतेहीको नृत्य रहेका ‘दिलबर दिलबर’, ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’, ‘स्नेक डान्स’ लगायतका गीत लोकप्रिय छन् ।