काठमाडौ, माघ ७। नेपाली कांग्रेसका सभापति गगन थापाले परिष्कृत कांग्रेसको नेतृत्वमा समुन्नत देश निर्माणका लागि पार्टी पूर्ण प्रतिबद्ध रहेको स्पष्ट गर्नुभएको छ ।
आफ्नो आह्वान सार्वजनिक गर्दै सभापति थापाले कांग्रेसलाई विचार, आचरण र कार्यशैलीका हिसाबले परिष्कृत बनाउँदै देशको आर्थिक, सामाजिक र राजनीतिक रूपान्तरणमा अग्रसर गरिने प्रतिबद्धता व्यक्त गर्नुभएकाे हाे ।
उहाँले लोकतान्त्रिक मूल्य, सुशासन र जनउत्तरदायी राजनीतिलाई केन्द्रमा राखेर कांग्रेसले देश निर्माणको जिम्मेवारी पूरा गर्ने बताउनुभयो । सभापति थापाको यो अभिव्यक्तिलाई कांग्रेसको आगामी राजनीतिक दिशा र सुधार अभियानसँग जोडेर हेरिएको छ । उहाँ विशेष महाधिवेशनबाट पार्टी सभापति बन्नु भएकाे हाे ।













प्रतिक्रिया दिनुहोस्