जनता टाइम्स

२४ फाल्गुन २०८२, आईतवार ०९:३७

प्रतिनिधिसभा निर्वाचन: नेकपाबाट ६ उम्मेदवार विजयी


काठमाडौं, फागुन २४। प्रतिनिधिसभा निर्वाचनअन्तर्गत १२५ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक हुँदा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ६ जना उम्मेदवार निर्वाचित हुनुभएको छ।

सार्वजनिक परिणामअनुसार विभिन्न जिल्लाबाट नेकपाका उम्मेदवार प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको हो। निर्वाचित उम्मेदवारहरूको विवरण यसप्रकार छः

१. पुष्पकमल दाहाल ‘प्रचण्ड’ – रुकुमपूर्व
२. वर्षमान पुन – रोल्पा
३. धनबहादुर बुढा – डोल्पा
४. गोपाल शर्मा – रुकुम पश्चिम
५. रमेश मल्ल – सल्यान
६. महेन्द्रबहादुर शाही – कालीकोट

यसैबीच, मतगणना जारी रहेका क्षेत्रमध्ये सिन्धुपाल्चोक–२ मा नेकपाका उम्मेदवार युवराज दुलाल अग्रस्थानमा रहनुभएको जनाइएको छ। निर्वाचन आयोगका अनुसार बाँकी क्षेत्रको मतगणना जारी रहेकाले थप परिणाम सार्वजनिक हुँदै जानेछ।