काठमाडौं, साउन १३ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रभु बैंककी पूर्व चिफ बिजनेस अफिसर (सिबिओ) रश्मी पन्तलाई पक्राउ गरेको छ ।
बैंकिङ कसुरमा फरार पन्तलाई काठमाडौंको तीनकुनेबाट नियन्त्रणमा लिएको सिआइबीका प्रवक्ता एवं एसएसपी अनुपम शमसेर जबराले जानकारी दिनुभयो । जवराका अनुसार पन्तलाई बैंकिङ कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो । पन्तमाथि पदीय दुरुपयोग गरी कर्जा रकम दुरूपयोग गरेको अभियोग रहेको छ ।
यसअघि सिआइबीले रूपन्देहीका ५८ वर्षीय शशिधर शर्मालाई पक्राउ गरेको थियो। एशियन भिलेज रिसोर्ट प्रालिका अध्यक्ष रहनुभएका शर्मालाई सिआइबीले असार ३० गते पक्राउ गरेको थियो।
शर्माले प्रभु बैंकबाट ४८ करोड रुपैयाँ कर्जा लिएका थिए। नेपाल राष्ट्र बैंकको सुपरीवेक्षण विभाग २०८३ असारमा तयार गरेको विशेष स्थलगत निरीक्षण गरेको थियो। प्रतिवेदनले रिसोर्ट निर्माण र जग्गा खरिद गर्नका लागि लिइएको कर्जा अन्य ऋणी कम्पनीहरूको बक्यौता तिर्न प्रयोग गरेको देखाएको थियो।
बैंकको नाममा जग्गा दृष्टिबन्धक समेत नगरी पछि गर्ने भन्ने कबुलियतनामा कागज गराएर कर्ता लिएको र पारिवारिक सम्बन्ध भएकै कारणले उहाँले दुरूपयोग गरेको आरोप छ। सोही घटनामा पन्तलाई प्रहरीले नियन्त्रणमा लिएको हो।













प्रतिक्रिया दिनुहोस्