जनता टाइम्स

१३ श्रावण २०८३, बुधबार २०:१८

प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर जवाफ दिन सभामुखको आग्रह


काठमाडौं, साउन १३ । सभामुख डीपी अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्दै प्रतिनिधिसभामा उपस्थित भई सांसदका प्रश्नको जवाफ दिन आग्रह गर्नुभएको छ।

सभामुखको सचिवालयका अनुसार उहाँले प्रतिनिधिसभाको बैठकलाई प्रभावकारी, मर्यादित र परिणाममुखी बनाउने विषयमा प्रधानमन्त्रीसँग छलफल गर्नुभएको हो।

यसअघि सभामुख अर्यालले नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता रामबहादुर थापा, विपक्षी दलका नेता भीष्मराज आङदेम्बे तथा नेपाल कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो।

त्यसैगरी, विभिन्न राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग भएको छलफलमा प्रतिनिधिसभाको कार्य सञ्चालनलाई प्रभावकारी बनाउने, आगामी बैठकका कार्यसूची व्यवस्थित ढंगले अघि बढाउने तथा संसदको भूमिका थप प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान भएको सभामुखको सचिवालयले जनाएको छ।