काठमाडौं, साउन १३ । निरन्तर वर्षाका कारण काठमाडौं उपत्यकाका नदी तथा खोलाको जलसतह बढेर सतर्कता तहको आसपास पुगेको भन्दै जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
बाढी पूर्वानुमान शाखाका मौसमविद् सौहार्द जोशीका अनुसार बागमती, धोबीखोला लगायत काठमाडौं कोरिडोर क्षेत्रका खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढेको छ। साना खोलामा पानीको सतह छोटो समयमै बढ्न सक्ने भएकाले नदी किनार र कोरिडोर आसपास आवतजावत गर्ने सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
विभागका अनुसार लुम्बिनी, बागमती, गण्डकी, कोशी तथा कर्णाली प्रदेशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ। बिहीबार बिहानसम्म पनि विभिन्न क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले नदी तथा खोला आसपासका बासिन्दा र यात्रुलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।













प्रतिक्रिया दिनुहोस्