जनता टाइम्स

१३ श्रावण २०८३, बुधबार २०:२६

कपनमा रुद्रमती खोलामा बाढी, सवारी आवागमन ठप्प


काठमाडौं,  साउन  १३। अविरल वर्षाका कारण काठमाडौंको कपनस्थित रुद्रमती खोलामा बाढी आएपछि खोला किनारका पसल डुबानमा परेका छन्। बाढीको पानी पसलभित्र पसेर सामानमा समेत क्षति पुगेको छ।

बाढीको पानी सडकसम्म फैलिँदा खोला किनारको सडक पूर्ण रूपमा जलमग्न भएको छ। यससँगै उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ भने स्थानीयवासीलाई आवतजावतमा कठिनाइ भएको छ।

स्थानीयवासी र सुरक्षाकर्मीले जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन तथा आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरेका छन्। वर्षा अझै जारी रहेकाले रुद्रमती खोला आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ।