जनता टाइम्स

१३ श्रावण २०८३, बुधबार १७:५२

ब्यक्तिगत खाताबाटै २ अर्बको हुण्डी कारोवार गरेपछि


काठमाडौं, साउन १३ । प्रहरीले एकै ब्यक्तिले झण्डै दुई अर्ब हुण्डी कारोवार गरेको तथ्य फेला परेको छ । ब्यवसायी राजेन्द्र रिजाललाई पक्राउ गरेपछि प्रहरीले यो तथ्य फेला पारेको हो ।

प्रहरीले हुण्डी सम्बन्धी कारोबारमा संलग्न रहेको अभियोगमा नागार्जुन नगरपालिका ८ बस्ने धादिङ घर भएका ४९ वर्षीय राजेन्द्रप्रसाद रिजाललाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) बाट खटिएको प्रहरीले उनलाई नागार्जुन नगरपालिका ८ राधाकृष्ण मन्दिर क्षेत्रबाट पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा रिजालले अन्य व्यक्तिहरूसँगको मिलेमतोमा व्यक्तिगत खाता प्रयोग गरी १ अर्ब ८९ करोड ६५ लाख ३९ हजार ४ सय ५४ रूपैयाँ बराबरको रकम हुण्डीको माध्यमबाट कारोबार गरेको खुल्न आएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । सो बिषयमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।