जनता टाइम्स

१३ श्रावण २०८३, बुधबार २०:४९

सुनसरी घटनाबारे प्रधानमन्त्रीले लिए सुरक्षा प्रमुखसँग ब्रिफिङ


काठमाडौं,  साउन  १३। प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा हालै भएको घटना र त्यसपछि विकसित शान्ति–सुरक्षाको अवस्थाबारे नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखसँग विस्तृत ब्रिफिङ लिनुभएको छ।

प्रधानमन्त्रीले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलसँग छुट्टाछुट्टै भेट गरी पछिल्लो सुरक्षा अवस्था, सम्भावित जोखिम र सुरक्षा चुनौतीबारे जानकारी लिनुभएको हो। ब्रिफिङमा गृहमन्त्री सुधन गुरुङको पनि उपस्थिति रहेको थियो।

प्रधानमन्त्रीले सुनसरीको अवस्था तत्काल नियन्त्रणमा लिन, नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न तथा सामाजिक सद्भाव बिथोल्न खोज्ने गतिविधिमाथि कडा निगरानी राख्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

उहाँले शान्ति–सुरक्षा कायम राख्ने विषयमा कुनै सम्झौता नगर्न र गृह मन्त्रालय मातहतका दुवै सुरक्षा निकायलाई उच्च सतर्कताका साथ परिचालन गर्न पनि निर्देशन दिनुभएको छ।