काठमाडौं, साउन १४। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गोपाल शर्माले सुनसरीको कप्तानगञ्ज घटनाको जिम्मेवारी कसले लिने भन्दै प्रधानमन्त्री र गृहमन्त्रीसँग प्रश्न गर्नुभएको छ।
प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उहाँले प्रहरीको गोलीबाट नागरिकको मृत्यु भएको घटनाको जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिने हो कि प्रहरी प्रशासनले नै लिने हो भन्ने प्रश्न गर्नुभयो।
नागरिकको ज्यान गएको र घटनाले समुदायबीच विवादको अवस्था सिर्जना गरेको विषयमा प्रधानमन्त्री र गृहमन्त्रीले अहिलेसम्म संसद्लाई जानकारी नगराएको भन्दै सांसद शर्माले आपत्ति जनाउनुभयो।
“प्रधानमन्त्रीले यहाँ आएर कप्तानगञ्ज घटनाको वास्तविकता के हो बताउनुपर्छ कि पर्दैन ?” उहाँले प्रश्न गर्नुभयो।
सांसद शर्माले गृहमन्त्रीले ‘कसलाई पद चाहिएको छ, लैजा’ भन्दै धम्कीपूर्ण भाषा प्रयोग गरेको आरोपसमेत लगाउनुभयो। सरकारमा बसेका व्यक्तिले गम्भीर घटनामा गैरजिम्मेवार अभिव्यक्ति दिन नहुने उहाँको भनाइ थियो।













प्रतिक्रिया दिनुहोस्