काठमाडौं, १४ साउन । सिरहाको गोलबजारमा बिहीबार दिउँसो प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव प्रहरीले सडकबाट उठाएर लगेको छ ।
आफन्तले शव सडकमै राखेर प्रदर्शन जारी राखेका थिए । दिनभर शव सडकमा राखेर प्रदर्शन गरेपछि साँझ प्रहरीले शव भ्यानमा राखेर लगेको हो ।
झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका औरही गाउँपालिकाका अन्दाजी १५ वर्षीय गणेश यादवको मृत्यु भएको थियो ।
शव उठाएपछि पनि गोलबजार क्षेत्रमा प्रदर्शन रोकिएको छैन । घटनापछि उक्त क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । अहिले पनि स्थिति तनावग्रस्त रहेको बताइएको छ ।












प्रतिक्रिया दिनुहोस्