काठमाडौं, साउन १७ । काठमाडौंको बूढानीलकण्ठ क्षेत्रमा प्रहरीले गोली चलाएर कर्मा तामाङलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आइतबार बिहान करिब २ बजेतिर प्रहरी टोलीले कारबाहीका क्रममा गोली चलाएर तामाङलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार तामाङ चोरी तथा लुटपाटका घटनामा संलग्न रहेको आरोपमा खोजीमा थिए। पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाउनुपरेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्