जनता टाइम्स

१७ श्रावण २०८३, आईतवार ११:०४

संविधान संशोधनका लागि दलबीच सहमति आवश्यक, अहिले उपयुक्त समय होइन : शंकर पोखरेल’


काठमाडौं साउन १७ । नेकपा (एमाले) का महासचिव शंकर पाेखरेलले संविधान संशोधनका विषयमा राजनीतिक दलहरूबीच व्यापक सहमति आवश्यक रहेको बताउनुभएको छ।

उहाँले सरकारले संविधान संशोधन गर्न खोजेको भए त्यसअघि प्रमुख राजनीतिक दलहरूबीच साझा समझदारी र सहमति निर्माण गर्नुपर्ने धारणा व्यक्त गर्नुभएकाे छ। संविधानजस्तो महत्त्वपूर्ण विषयमा सबै पक्षको अपनत्व र सहभागिता सुनिश्चित हुनुपर्ने उहाँको भनाइ छ।

“सरकारले संविधान संशोधन गर्न खोजेको हो भने राजनीतिक दलहरू बिच सहमति जुटाउनु पर्दछ ।तर अहिले संविधानमा संशोधन गर्ने उचित समय होइन “- शंकर पाेखरेल 

महासचिव पोखरेलले वर्तमान समय संविधान संशोधनका लागि उपयुक्त समय नभएको उल्लेख गर्नुभएकाे छ। उहाँका अनुसार अहिले मुलुकले सामना गरिरहेका अन्य प्राथमिक विषयमा केन्द्रित हुन आवश्यक रहेकाले संविधान संशोधनको प्रक्रिया अघि बढाउने समय उपयुक्त नरहेको धारणा राख्नुभएको छ ।

यस्तो छ पाेखरेलले सामाजिक सञ्जालमा राख्नु भएको धारणा : “सरकारले संविधान संशोधन गर्न खोजेको हो भने राजनीतिक दलहरू बिच सहमति जुटाउनु पर्दछ ।तर अहिले संविधानमा संशोधन गर्ने उचित समय होइन ।”