काठमाडौं, साउन १८ । म्याग्दीको सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक र बेनी–दरबाङ सडकमा प्रशासनले आज पनि रातको समयमा गाडी चलाउन रोक लगाएको छ ।
जिल्ला सुरक्षा समितिको बैठकले हिजो आइतवार र आज सोमवारका लागि यो सडकमा रातमा गाडी चलाउन रोक लगाउने निर्णय गरेको थियो । त्यसअनुसार आज बेलुका ७ देखि भोलि मंगलवार बिहान ५ बजेसम्म गाडी चलाउन नपाइने प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताउनुभयो ।
यसअघि हिजो बेलुकादेखि आज बिहान ५ बजेसम्म पनि यो सडकमा प्रशासनले गाडी चलाउन रोकेको थियो । बेनी–जोमसोम सडक कालीगण्डकी करिडोरअन्तर्गत पर्छ ।
बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा आज पनि रातमा गाडी चलाउन रोक













प्रतिक्रिया दिनुहोस्