काठमाडौं, साउन १८ । रोल्पा जिल्लाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान ४.४ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ३ बजेर ७ मिनेटमा भूकम्प गएको हो।
भूकम्पको धक्का रोल्पासहित आसपासका क्षेत्रमा समेत महसुस गरिएको केन्द्रले जनाएको छ।
भूकम्पबाट भएको मानवीय वा भौतिक क्षतिको विवरण भने हालसम्म प्राप्त भएको छैन।













प्रतिक्रिया दिनुहोस्