काठमाडौं, साउन १८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने तयारी गरिएको ठूलो सैन्य आक्रमण अन्तिम समयमा रोकिएको र सोमबारदेखि दुवै देशबीच पुनः वार्ता सुरु हुने घोषणा गर्नुभएको छ।
ट्रम्पका अनुसार आक्रमणको सम्पूर्ण तयारी पूरा भए पनि साउदी अरेबिया, यूएई, कतारलगायत मित्रराष्ट्रहरूको आग्रहपछि युद्धको सट्टा वार्ताको बाटो रोजिएको हो।
यता, इरानले अघिल्लो समझदारीको पूर्ण कार्यान्वयनमा जोड दिँदै वार्ताप्रति सकारात्मक संकेत दिएको छ। दुवै पक्षबीच हार्मुज जलमार्गको सुरक्षा र स्थायी सम्झौताका विषयमा छलफल हुने बताइएको छ।
यद्यपि, जलमार्गको नियन्त्रण र शुल्क व्यवस्थापनलगायतका मुख्य विषयमा अझै सहमति हुन बाँकी रहेको जनाइएको छ।













प्रतिक्रिया दिनुहोस्