जनता टाइम्स

१८ श्रावण २०८३, सोमबार ११:२९

शंकर पोखरेलको सरकारलाई प्रश्न : आफ्नै कार्यकर्तालाई आन्दोलनकारी बनाउने, तिनैसँग वार्ता गरेर सम्झौता गर्ने, अनि हिंसाको दोषचाहिँ अरूमाथि थोपर्ने ?


काठमाडौं, साउन १८ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मधेस प्रदेशको सुनसरी र सिरहामा तीन जनाको ज्यान जाने गरी भएको हिंसात्मक प्रदर्शन तथा त्यसपछि जनकपुरमा गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता समेत रहेको भनिएको ‘हिन्दु सम्राट सेना’सँग गरेको सम्झौताप्रति लक्षित गर्दै सरकारको भूमिकामाथि प्रश्न उठाउनुभएको छ।

“आफ्नै कार्यकर्तालाई आन्दोलनकारी बनाउने, तिनैसँग वार्ता गरेर सम्झौता गर्ने, अनि हिंसाको दोषचाहिँ अरूमाथि थोपर्ने, यो जुक्ति गजबको छैन त ?”

महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आन्दोलनको प्रकृति र त्यसपछिका सरकारी गतिविधिप्रति टिप्पणी गर्नुभएको हो। उहाँले, “आफ्नै कार्यकर्तालाई आन्दोलनकारी बनाउने, तिनैसँग वार्ता गरेर सम्झौता गर्ने, अनि हिंसाको दोषचाहिँ अरूमाथि थोपर्ने, यो जुक्ति गजबको छैन त ?” भन्ने टिप्पणी गर्नुभएको छ।

महासचिव पोखरेलको उक्त अभिव्यक्ति मधेसमा भएको हिंसात्मक घटनापछि विकसित राजनीतिक घटनाक्रम र सरकारले आन्दोलनरत पक्षसँग गरेको सहमतिलाई लिएर आएको प्रतिक्रिया आएको हो। उहाँको टिप्पणी सार्वजनिक भएसँगै उक्त विषय राजनीतिक वृत्तमा थप चर्चाको विषय बनेको छ।