काठमाडौं, साउन १८। राहदानीसम्बन्धी कसुरको अनुसन्धानका क्रममा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ पर्नु भएकाे छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उहाँलाई सोमबार काठमाडौंको कागेश्वरी मनोहरा क्षेत्रबाट पक्राउ गरेको सीआईबीका प्रवक्ता एसएसपी अनुपमसमशेर जबराले जानकारी दिनुभयो।
सीआईबीका अनुसार नेपालबाट शरणार्थीलाई तेस्रो मुलुक जान अनुमति दिने कार्यमा उहाँको प्रत्यक्ष संलग्नता देखिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको हो। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।













प्रतिक्रिया दिनुहोस्