जनता टाइम्स

१८ श्रावण २०८३, सोमबार २१:०९

सुनकोशीमा बेपत्ता तीन जनाको पहिचान खुल्यो, गोताखोरद्वारा खोजी तीव्र


काठमाडौं, साउन  १८ । सिन्धुलीको फिक्कल गाउँपालिकामा बसको ठक्करबाट कारसहित सुनकोशी नदीमा बेपत्ता भएका तीनै जनाको पहिचान खुलेको छ।

प्रहरीका अनुसार बेपत्ता हुनेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–७ का पूर्ववडाध्यक्ष एवं ठेकेदार दिलकुमार लामा, गोलञ्जोर गाउँपालिका–१ डुड्भञ्ज्याङका एक्स्काभेटर चालक गणेश थापा र तीनपाटन गाउँपालिका–९ डाँडाखर्कका १७ वर्षीय सुजन बलमपाकी मगर रहनुभएको छ।

सोमबार बिहान करिब साढे १० बजे फिक्कल गाउँपालिका–२ नवलपुरमा सडक किनारमा रोकिराखिएको कारलाई तीव्र गतिमा आएको बसले ठक्कर दिँदा कार सुनकोशी नदीमा खसेको थियो।

घटनापछि इलाका प्रहरी कार्यालय खुर्कोट, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापनतर्फको गोताखोर टोलीले घटनास्थलमा बेपत्ता व्यक्तिहरूको खोजीकार्यलाई तीव्र बनाएको प्रहरीले जनाएको छ।