जनता टाइम्स

१८ श्रावण २०८३, सोमबार १९:५०

दुर्गा प्रसाईँलाई सरकारले समात्यो, अदालतले छाड्याे 


काठमाडौं, साउन १७ । प्रहरीले हिजो मध्यरातमा पक्राउ गरेको दुर्गा प्रसाईँलाई अदालतले आज छाड्ने आदेश दिएको छ ।

राजावादी आन्दोलनको घोषणा गरेपछि पक्राउ पर्नु भएको प्रसाईँलाई आज जिल्ला अदालत भक्तपुरले हिरासतमा नराखी अनुसन्धान गर्न आदेश दिएको हो।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डिएसपी दीपक कार्कीका अनुसार प्रसाईँविरुद्ध साइबर अपराध, राज्यविरुद्धको कसुर, सार्वजनिक नैतिकता तथा शिष्टाचारविरुद्धको कसुर र सार्वजनिक शान्तिविरुद्धको कसुरसम्बन्धी मुद्दामा अनुसन्धानका लागि प्रहरीले अदालतबाट म्याद मागेको थियो।

उक्त निवेदनमाथि सुनुवाइ गर्दै जिल्ला अदालत भक्तपुरले प्रसाईँलाई हिरासतमा नराखी बाहिरै बसेर अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको हो।

अदालतको आदेशसँगै प्रसाईँ अब हिरासतबाहिरै बसेर आफूमाथि लागेका तीनवटा मुद्दाको अनुसन्धान प्रक्रियामा सहभागी हुनुहुने छ ।

प्रसाईँलाई यस अघि पनि बारम्बार सरकारले पक्राउ गर्ने र अदालतले छाड्ने क्रम जारी छ ।