काठमाडौं, साउन १९ । एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक (Q4) को वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले पहिलो पटक खुद नाफा रु. ४ अर्बको कोसेढुङ्गा पार गर्दै ऐतिहासिक सफलता हासिल गरेको छ ।
बैंकले सार्वजनिक गरेको बिवरणअनुसार प्रमुख वित्तीय झलकहरूमा उल्लेख्य सुधार देखिएको छ । बैंकका अनुसार खुदनाफा अघिल्लो वर्षको २.८५ अर्ब रुपैयाँको तुलनामा ४०.६ प्रतितशले वृद्धि भई ४.०१ अर्ब रुपैयाँ पुगेको छ ।
यस्तै कुल वितरणयोग्य नाफा १.८७ अर्ब रहेको छ भने प्रतिशेयर वितरणयोग्य नाफा ९.०८% कायम भएको बैंकले जनाएको छ । यस्तै खुद ब्याज आम्दानी १७.५% ले बढेर ९.४२ अर्ब पुगेको, शुल्क तथा कमिशन आम्दानी १६.६% ले बढेर २.८३ अर्ब पुगेको छ ।
यस्तै वैदेशिक मुद्रा कारोबारमा भएको सुधारका कारण खुद ट्रेजरी तथा ट्रेडिङ आम्दानी ८९.०% ले वृद्धि भई ६८१.४२ मिलियन पुगेको छ । एनएमबि बैंकका अनुसार प्रतिफल दरहरू पनि पुँजी प्रतिफल र सम्पत्ति प्रतिफलमा सुधार भई क्रमशः ११.५८% र १.०४% रहेको छ ।
बैंकका सञ्चालक समिति अध्यक्ष मनोजकुमार गोयल र प्रमुख कार्यकारी अधिकृत (सिईओ) गोबिन्द घिमिरेको उत्कृष्ट कार्ययोजना र कर्मचारीको मेहनतले ऐतिहासिक सफलता हासिल भएको छ ।

प्रमुख वित्तीय झलकहरूः
– खुदनाफा : अघिल्लो वर्षको रु. २.८५ अर्बको तुलनामा ४०.६% ले वृद्धि भई रु. ४.०१ अर्ब पुगेको छ ।
– वितरण योग्यनाफा : कुल वितरणयोग्य नाफा रु. १.८७ अर्ब रहेको छ भने प्रतिशेयर वितरणयोग्य नाफा ९.०८% कायम भएको छ ।
– खुद ब्याज आम्दानी (NII) : प्रभावकारी वासलत व्यवस्थापनका कारण खुद ब्याज आम्दानी १७.५% ले बढेर रु. ९.४२ अर्ब पुगेको छ ।
– शुल्क तथा कमिशन आम्दानी : डिजिटल र ट्रान्ज्याक्सन बैंकिङमा भएको वृद्धिसँगै शुल्क तथा कमिशन आम्दानी १६.६% ले बढेर रु. २.८३ अर्ब पुगेको छ ।
– खुद ट्रेडिङ आम्दानी : ट्रेजरी तथा वैदेशिक मुद्रा कारोबारमा भएको सुधारका कारण ट्रेडिङ आम्दानी ८९.०% ले वृद्धि भई रु. ६८१.४२ मिलियन पुगेको छ ।
– प्रतिफल दरहरू : पुँजी प्रतिफल र सम्पत्ति प्रतिफलमा सुधार भई क्रमशः ११.५८% र १.०४% रहेको छ ।













प्रतिक्रिया दिनुहोस्