काठमाडौं, मंसिर ३ । नेकपा एमालेको जारी राष्ट्रिय भेला आज समापन हुँदैछ । माइतीघर हाइटस्थित कार्की ब्याङ्क्वेटमा बुधबारदेखि सुरु भएको भेलाको आज समापन गर्न लागिएको हो ।
भेलाको दोस्रो दिन आज पार्टीका उपाध्यक्ष रामबहादुर थापाले सहभागीहरूलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ । त्यस्तै, वरिष्ठ नेता विद्यादेवी भण्डारीले विशेष सम्बोधन गर्ने कार्यतालिका छ ।
भेलामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक अवस्था र पार्टीको आगामी कार्यदिशाबारे प्रशिक्षण तथा निर्देशन मन्तव्य राख्नुहुनेछ ।
राष्ट्रिय भेलाको समापनपछि आजै अपराह्न ३ बजे सोही स्थानमा एमाले केन्द्रीय कमिटीको चौथो बैठक बस्ने भएको छ ।
नेता सूर्य थापाका अनुसार बैठकमा राष्ट्रिय भेलाबाट प्राप्त सुझाव तथा पार्टीका आगामी सांगठनिक र राजनीतिक योजनाबारे छलफल हुनेछ ।
राष्ट्रिय भेलालाई पार्टीको आगामी राजनीतिक तथा सांगठनिक रणनीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।













प्रतिक्रिया दिनुहोस्