काठमाडौं, मंसिर ५ । देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले आज अधिकांश भूभागको मौसम मुख्यतया सफा रहने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानको समयमा तराई क्षेत्र, उपत्यका तथा नदी किनारका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ ।
कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका हिमाली भूभागमा पनि आंशिक बदली रहने अनुमान गरिएको छ ।
त्यस्तै, कोशी र मधेश प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्