जनता टाइम्स

५ मंसिर २०८३, शनिबार १९:४३

मधेसका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले भोलि बिहान ९ बजे शपथ लिने


जनकपुरधाम, मंसिर ५ । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादवले भोलि (आइतबार) बिहान ९ बजे पद तथा गोपनीयताको शपथ लिनुहुने भएकाे छ ।

प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले यादवलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको हो ।

यादव दोस्रो पटक मधेस प्रदेश सरकारको नेतृत्व सम्हाल्न लाग्नु भएकाे हाे । संविधानको धारा १६८ को उपधारा (३) अनुसार मुख्यमन्त्री नियुक्त हुनभएका यादवले यसअघि सात दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिने बताउनु भएकाे छ।

मुख्यमन्त्री नियुक्त भएसँगै यादवले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरी सरकारलाई निरन्तरता दिनुपर्ने संवैधानिक प्रक्रिया पूरा गर्नुपर्नेछ ।