जनता टाइम्स

७ मंसिर २०८३, सोमबार २०:०३

नेपाल फर्किएलगत्तै प्रधानमन्त्री बालेनले दिए भारतीय समकक्षी मोदीलाई धन्यवाद


काठमाडौं, मंसिर ७ । भारतको दुईदिने राजकीय भ्रमण सकेर स्वदेश फर्किनुभएका प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिनुभएको छ ।

प्रधानमन्त्री शाह केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको थियो ।

नेपाल आइपुगेपछि उहाँले सामाजिक सञ्जालमार्फत भ्रमणका क्रममा खिचिएका केही तस्बिर सार्वजनिक गर्दै भारतीय प्रधानमन्त्री मोदीप्रति आभार व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्री शाहले भारत भ्रमणका क्रममा आफूलाई दिइएको आतिथ्य र सहकार्यका लागि धन्यवाद दिनुभएको छ ।