काठमाडौं, मंसिर ७ । प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने भारतको राजकीय भ्रमणले नेपाल–भारत सम्बन्धलाई सम्भावनायुक्त सकारात्मक लयमा फर्काएको सरकारले विश्वास व्यक्त गरेको छ ।
भारत भ्रमण सकेर प्रधानमन्त्री शाह स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ गति दिएको बताउनुभयो ।
भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीबीच द्विपक्षीय सम्बन्ध विस्तार गर्दै त्यसलाई परिणाममुखी बनाउने विषयमा छलफल भएको उहाँले जानकारी दिनुभयो ।
“लामो समयपछि यस भ्रमणले नेपाल–भारतको सम्बन्धलाई सम्भावनायुक्त सकारात्मक लयमा फर्काएको विश्वास गरेका छौँ,” मन्त्री खनालले भन्नुभयो ।
वर्तमान सरकारले नेपालको राष्ट्रिय हित प्रवर्द्धन गर्दै आर्थिक वृद्धि, विकास र समृद्धिलाई प्राथमिकतामा राखेको उहाँको भनाइ थियो ।
मित्रराष्ट्र भारतसँग रहिआएको सदियौँ पुरानो घनिष्ठ, बहुआयामिक, सहयोगात्मक तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउँदै दुवै देशका नागरिकले लाभ प्राप्त गर्ने विषयलाई भ्रमणले केन्द्रमा राखेको पनि उहाँले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्