जनता टाइम्स

१० मंसिर २०८३, बिहिबार १८:०४

सोविता गौतम सातौँबाट तेस्रो वरीयतामा, चार मन्त्रीको घटुवा


काठमाडौँ, मङ्सिर १० । प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्का मन्त्रीहरूको वरीयता हेरफेर गरेका छन्।

नयाँ वरीयताअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम सातौँ स्थानबाट उक्लिएर तेस्रो स्थानमा पुगेकी छन्।

गौतम तेस्रो वरीयतामा पुगेपछि यसअघि तेस्रोदेखि छैटौँ स्थानमा रहेका चार मन्त्रीको वरीयता एक–एक स्थान तल झरेको छ। वरीयता घटुवा हुनेमा शिशिर खनाल, विराजभक्त श्रेष्ठ, सुधन गुरुङ र सुनिल लम्साल रहेका छन्।

मन्त्रिपरिषद्का अन्य मन्त्रीहरूको वरीयता भने यथावत् राखिएको छ। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट गरिएको निर्णयसँगै मन्त्रिपरिषद्को औपचारिक वरीयता क्रम परिवर्तन भएको छ।