जनता टाइम्स

१० मंसिर २०८३, बिहिबार १८:१८

नेकपाद्वारा पूर्वजनमुक्ति सेनालाई काठमाडौँमा सम्पर्कमा आउन आह्वान


काठमाडौँ, मङ्सिर १० । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पूर्वजनमुक्ति सेना (पीएलए) का सदस्यहरूलाई काठमाडौँमा सम्पर्कमा आउन आह्वान गरेको छ।

नेकपा नेता तथा पीएलएका पूर्वडिभिजन कमान्डर सन्तु दराईले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै काठमाडौँ उपत्यकामा रहेका पूर्वपीएलएका सदस्यहरूलाई सम्पर्कमा आउन आग्रह गर्नुभएको हो।

उहाँले ‘काठमाडौँ उपत्यकाभित्र रहनुहुने पूर्वपीएलएका साथीहरूले सम्पर्क गर्नुहोला’ भन्दै सूचना सार्वजनिक गर्नुभएको छ।

यद्यपि, पूर्वपीएलएका सदस्यहरूलाई किन सम्पर्कमा आउन भनिएको हो भन्नेबारे दराईले कुनै कारण खुलाउनुभएको छैन। पार्टीले पनि यसबारे थप विवरण सार्वजनिक गरेको छैन।