जनता टाइम्स

१० मंसिर २०८३, बिहिबार २०:०८

पाँच घण्टा लामो रवि–बालेन भेटवार्ता, के भयाे छलफल ?


काठमाडौँ, मङ्सिर १० । प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच पाँच घण्टा लामो भेटवार्ता भएको छ।

लामिछानेको सचिवालयका एक सदस्यका अनुसार बूढानीलकण्ठस्थित लामिछाने निवासमा बिहीबार भएको भेटवार्ता सौहार्दपूर्ण रहेको थियो।

भेटमा प्रधानमन्त्री शाहले आफ्नो हालैको भारत भ्रमण र त्यसबाट प्राप्त उपलब्धिबारे लामिछानेलाई जानकारी गराउनुभएको थियो।

त्यसैगरी आगामी निर्वाचनको तयारी, रास्वपाले सञ्चालन गर्न लागेको प्रशिक्षण अभियान, मन्त्री तथा मन्त्रालयको कार्यसम्पादन र सरकारका कामकारबाहीबारे पनि छलफल भएको बताइएको छ।

भेटमा अध्यादेश र आगामी संसद् अधिवेशनका विषयमा समेत दुवै नेताबीच कुराकानी भएको लामिछानेको सचिवालयका सदस्यले जानकारी दिएका छन्।