जनता टाइम्स

११ मंसिर २०८३, शुक्रबार १८:००

पूर्वमुख्यसचिव अर्याललाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति


काठमाडौँ, ११ मङ्सिर । काठमाडौं जिल्ला अदालतले पूर्वमुख्यसचिव एकनारायण अर्याललाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

शुक्रबार अदालतमा उपस्थित गराइएका अर्याललाई थप अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न अनुमति दिइएको हो। अदालतमा पेस गर्नुअघि प्रहरीले उनलाई सरकारी वकिलको कार्यालयमा लगेको थियो।

मलेसिया वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकबाट बायोमेडिकल सेवा शुल्क असुली गरेको प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अर्यालमाथि अनुसन्धान गरिरहेको छ।

भारतमा पक्राउ परेका अर्याललाई प्रहरीले बिहीबार काठमाडौं ल्याएको थियो। उक्त प्रकरणमा प्रहरीले दुई पूर्वमन्त्रीसहित १० जनालाई पक्राउ गरिसकेको छ।